> समाज > प्रहरी चौकी निमार्णका लागि ५ रोपनी जग्गा निशुल्क उपलब्ध


प्रहरी चौकी निमार्णका लागि ५ रोपनी जग्गा निशुल्क उपलब्ध

प्यूठान, २७ साउन । प्यूठानको मल्लरानी गाउँपालिका-३ बर्बोटमा चौकी निमार्णका लागि निशुल्क जग्गा उपलब्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी चौकी निमार्णका लागि मल्लरानी गाउँपालिका अध्यक्ष लगायतका व्यक्तिहरुको पहलमा ५ रोपनी जग्गा उपलब्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानामगर, प्रेम जि.सी लेखनाथ पौडेल, कुल बहादुर पौडेल, गणेश सेन, गिरीराज पौडेल, गिरीराज जैशी, राजेन्द्र पौडेल र युवराज पौडेलको पहलमा जग्गा उपलब्ध भएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

हाल चुँजाठाटिमा अस्थाई प्रहरी चौकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *