> Banner > जन्मदिनको अवसरमा विपन्न परिवारलाई आर्थिक सहयोग


जन्मदिनको अवसरमा विपन्न परिवारलाई आर्थिक सहयोग

प्यूठान, २९ फागुन । पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

प्युठान मल्लरानी गाउँपालिका वार्ड नं ३ छापेखोलाका शर्माले रोगले ग्रसित तथा आर्थिक रुपले अति विपन्न परिवार अर्घाखाँची भुमिकास्थान नगरपालिका १ पोर्खाखर्कका वीर ब. सुनारका छोरा शिव ब. सुनारलाई ५ हजार ९ रुपैयाा हस्तान्तरण गर्नुभएको हो ।

 

समाजमा विभिन्न कारणले समस्यामा परेका, गरिब, दुखी, असहाय तथा गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित व्यक्ति तथा परिवारहरूको पहिचान गरी उनीहरुको समस्यालाई केही हदसम्म सहजता प्रदान गर्ने उद्देश्यका साथ सहयोग गरिएको उहाँले बताउनुभयो । यो अभियानले अबको दिनमा अन्य व्यक्तिहरूले पनि दुखी तथा विपन्न परिवारको लागि सहयोग प्रदान गर्ने एउटा मार्गदर्शन पक्कै बन्ने साथै सामाजिक रुपान्तरणको क्षेत्रमा सबैले ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो ।

सुनार विगत लामो समय देखि टाउकोको गम्भीर रोगका कारण निकै ग्रसित हुनु भएको र उपचारको क्रममा आर्थिक विपन्नताको कारण राम्रो अस्पतालमा उपचार गर्न बञ्चीत हुनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *