> राष्ट्रिय > राष्ट्रिय अपांग सेवा संघम नयाँ नेतृत्व


राष्ट्रिय अपांग सेवा संघम नयाँ नेतृत्व

प्यूठान । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको अध्यक्षमा हुनाराम खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न सातौं अधिवेशनबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

 

संघको उपाध्यक्ष लोकराज भुसाल, महासचिव रमेश के.सी., सचिव राजेन्द्र राउत क्षेत्री, कोषाध्यक्ष उजेली विक निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यमा निरज हमाल, कृष्ण जिसी, गायत्री घर्ति, जमुना खड्का, सिता सुनार निर्वाचित हुनुभएको हो ।

अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा पूर्व अध्यक्ष विकास नेपाली, पूर्व अध्यक्ष सुर्य बहादुर पन्त, सपना पोख्रेल, पूणर् प्रसाद कालाथोकी र फन प्रसाद भण्डारी हुनुहुन्छ ।

 

संघ २०५९ मंसिर २२ गते स्थापना भएको हो । संघले जिल्लामा रहेका अपांगता भएका व्यक्तिको हक, अधिकारका लागि सरकोरवाला निकायसँग पैरवी र जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । अपांगता भएका व्यक्तिहरुको दैनिकीलाई सहज बनाउन समेत संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको निवर्तमान अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *