> समाज > प्यूठानमा महिलाहरुको कमाण्डमा नमुना मतदान स्थल


प्यूठानमा महिलाहरुको कमाण्डमा नमुना मतदान स्थल

प्यूठान । १५८ मतदान स्थलका २३० मतदान केन्द्रहरु मध्य जनता माध्यमिक विद्यालय बाग्दुलालाई नमुना मतदान स्थल बनाइएको छ ।

 

प्यूठान नगरपालिका-८ स्थित मतदान स्थलमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सबै महिला छ्न । यहाँ दुई वटा मतदान स्थल रहेका छ्न । मतदान केन्द्र क को नेतृत्व नमुना चापागाईं र ख को नेतृत्व रन्जना केसीले गर्नुभएको भएको छ ।

 

चापागाईं नेतृत्वको टिममा बबिता बिष्ट, साधना खत्री क्षेत्री, लक्ष्मी भण्डारी, तारा भण्डारी र रीता पौडेल रहनुभएको छ । केसी नेतृत्वको टिममा ज्ञानुकुमारी हितान मगर, पुष्पा बिष्ट, सिर्जना नेपाली, निर्मला गिरी, शान्ता केएम हुनुहुन्छ ।

 

स्वमंसेवक पनि महिला नियुक्त गरिएको मतदान अधिकृत केसीले बताउनुभयो । मतदान केन्द्रमा खटिएका ९ जना निर्वाचन प्रहरी र ४ जना नेपाल प्रहरीका सुरक्षाकर्मी सबै महिला छ्न ।

 

दुई केन्द्रमा गरि १ हजार ११९२ मतदाता छ्न ।