प्यूठान, १२ कात्तिक । राजनीतिक दलहरुले गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम यस वर्ष स्थगित गरेका छन् ।
दशै, तिहार, नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष कोरोना महामारीका कारण स्थागित गरेको जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष कार्यक्र स्थगित गरेको जनाएको छ । नेपाली कांग्रेसले कोजागत पूर्णिमाको दिन गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यस वर्ष कोरोना जोखिमका कारण नगर्ने भएको छ ।
वि.सं. २०३३ सालमा वी.पी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि कोजागत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।