> सम-सामायिक > प्यूठानमा कोरोना संक्रमणको हल्ला


प्यूठानमा कोरोना संक्रमणको हल्ला

प्यूठान, ४ चैत ।
जिल्लामा कोरोना संक्रमण व्यक्ति भेटिएको भनि हल्ला फैलिएको छ । ऐरावती गाउँपालिका २ मा भारतबाट आएका एक व्यक्तिलाई रुखा खोकी लागेको भएपनि कोरोनाको पुष्टि नभएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
फोसबुकभरी अहिले हल्ला गरिएको छ, स्वास्थ्य प्रमुख विशाल सुवेदीले प्यूठान समाचारसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, फेसबुकमा गलत प्रचार भएको छ । उहाँले भारतबाट आएको व्यक्ति विरामी भएको र विदेशबाट आएको व्यक्तिलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले उपचारको लागि बुटवल पठाइएको बताउनुभयो । प्यूठानमा जाँच पनि हुँदैन त्यसैले विरामी व्यक्ति र उसको परिवारलाई बुटवल लगिएको छ । उहाँले गलत प्रचार नगर्न समेत आग्रह गर्नुभएको छ ।
यसैबीच ऐरावती गाउँपालिकाले विज्ञप्ती जारी गरि ऐरावतीमा कोरोनाको संक्रमको खवर आधिकारीक नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!