> राष्ट्रिय > आवतजावत निगरानी गर्न ड्रोनको प्रयोग


आवतजावत निगरानी गर्न ड्रोनको प्रयोग

प्यूठान, १४ बैशाख ।
लकडाउनको समयमा नागरिकको आवतजावतको निगरानी गर्न कञ्चनपुरको भिमदत्त नगरपालिकाले ड्रोनको प्रयोग गर्न थालेको छ । भारत संग सीमा जोडिएका नाकामा नेपाली तथा भारतीय नागरिकहरुको आवतजावतको निगरानी गर्न क्यामेरा जडान गरिएको ड्रोन सञ्चालनमा ल्याउन लागिएको हो ।
भिमदत्त नगरपालिकाले रोबोटिक्सस एसोसीएसन अफ नेपाल फारवेष्ट सँग सम्झौता गरेको छ । उक्त कार्यमा सुदुरपश्चिम विश्वविद्यालयका विधार्थिहरुको पनि प्राविधिक सहयोग रहने छ । ड्रोन ससर्भिलेन्स गर्ने कार्यमा संस्थाले ड्रोन र्यापिड रेस्पोन्स टिम फ्रेमवर्कमा रहेर कार्य सम्पादनगर्ने छ । फ्रेमवर्क शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको मातहतमा रहनेछ ।
पहिलो चरणमा ड्रोन सर्भिलेन्सस र नागरिकहरुमा सुचना प्रवाह लगायत भिमदत्त नगरपालिकालाई आवश्यक कार्यहरु गर्नेछन् । यस्तो कार्य उदयपुर र धनगढीमा पनि चाडै सम्झौता गर्ने तयारी भएको रोबोटिक्स एसोसीएसन अफ नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *