> राष्ट्रिय > नौबहिनि गाउँपालिका-४ खवाङको सार्वजनिक सुनुवाई सम्पन्न, यो वर्ष वडाको भवन बन्ने


नौबहिनि गाउँपालिका-४ खवाङको सार्वजनिक सुनुवाई सम्पन्न, यो वर्ष वडाको भवन बन्ने

प्युठान । नौबहिनि गाउँपालिका-४ खवाङले आर्थिक वर्ष २०७९/०८० मा गरेको सेवा प्रवाह र बिकास निर्माणको सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालय खवाङमा आयोजित सार्वजनिक सुनुवाईमा वडाले गरेको एक वर्षको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर घर्ति मगरले यसै आर्थिक वर्षमा वडाको भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले जनतालाई चौबीसै घण्टा सेवा प्रवाह गरेको बताउनुभयो । वडाको बिकासका लागि पहल गरिरहेको बताउँदै समुदायबाट निरन्तर सकारात्मक सुझाव आवश्यक रहेको अध्यक्ष घर्ति मगरको भनाई छ ।

 

वडाले कम्तीमा वार्षिक रुपमा सार्वजनिक सुनुवाइ गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो । उहाँले गाउँको बिकासको लागी स्थानीयले श्रमदान गरि सहयोग गरेको स्मरण गर्दै बिकासका लागि सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो ।

 

बास नेपाल जिल्ला शाखा प्युठानले सहजीकरण गरेको कार्यक्रमको संचालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *