माया बस्नेत
के रोग आयो लौन यो के रोग आयोे ।
विश्व जनजीवन सवै शोकमा छायो ।।
मनमा छ त्रास कहिले हो कसरी मर्ने ।
सवै मिली कसरी हो यसको सामना गर्ने ।।
सुनसान छ बजार बस्ती अनि गल्ली ।
विश्वभर यसैको छ खल्ली बल्ली ।।
एक्लै छैन सम्भव गर्ने यसको सामना ।
सवैले साथ दिनुपर्छ भन्ने हुनुपर्छ भित्रैदेखि चाहना ।।
कोहि बने गरीवीको त कोहि रोगको सिकार ।
हाम्रो देशको ठूलाबडालाई मिलाउन ठिक्क छ आफ्नो व्यवहार ।।
मनमा छ त्रास कहिले हो कसरी मर्ने ।
सवै मिली कसरी हो यसको सामना गर्ने ।।
