> आर्थिक/बिकास > आ.व. २०७७/०७८ मा प्यूठानका लागि संघीय सरकारका यस्ता छन् योजना


आ.व. २०७७/०७८ मा प्यूठानका लागि संघीय सरकारका यस्ता छन् योजना

प्यूठान, ९ साउन । आ.व. २०७७/०७८ मा प्यूठानका विभिन्न विकासे योजनाहरु संचालन हुँदैछन् । चालु आ.व.मा संचालन हुने योजनाहरुको योजना किताव (रातो किताव)मा समावेश भएका योजनाहरुको एकीकृत डकुमेन्ट प्यूठान समाचार डट कमले फेला पारेको छ ।

प्रदेश सभा सदस्य कृष्णध्वज खड्काको सचिवालयले तयार गरेको उक्त डकुमेन्ट हामीलाई फेला परेको हो ।

संघीय सरकार मार्फत विनियोजन भएका योजना तथा बजेटमा २४५ मेगावाटको नौमुरे बहुउद्देश्यीय जनविद्युत आयोजना रहेको छ । उक्त आयोजनाका लागि १५ करोड ५८ लाख ५९ हजार रुपैंया रकम विनियोजन भएको छ ।

तीन स्थानमा ३३ के.भी. प्रशारण लाइन तथा सव स्टेशन आयोजना निर्माण हुने भउका छन् । प्यूठान, खवाङ र रजवारा गरी तीन स्थानका लागि १÷१ करोडका दरले बजेट विनियोजन भएको छ । विद्युतिकरणका लागि ७ करोड ५० लाख रुपैंया रकम छ ।

ऐरावती र झिमरुक गाउँपालिकाका कारण १२ लाख र अन्य गाउँ तथा नगरपालिकाका कालागि ८ लाखका दरले बजेट विनियोजन भएको छ ।

नयाँ प्रविधिमा आधारित नदि नियन्त्रणका लागि ९० करोड ८० लाख, माडी झिमरुक एकीकृत सिंचाई विकास योजनाका लागि १२ करोड, लुङ्ग्री माडी लिफ्ट सिंचाई योजनाको लागि २ करोड ४२ लाख बजेट परेको छ ।

विभिन्न लिफ्ट सिंचाईको सम्भाव्यताका लागि अध्ययन गर्ने कार्यक्रममा समावेश छ । ३५ वटा पुल निर्माण हुने भएका छन् ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सशर्त अनुदान मार्फत प्यूठान जिल्लाका लागि २ करोड ८१ लाख रुपैंया बजेट विनियोजन भएको छ ।

स्वर्गद्धारी मन्दिर संरक्षण र भित्रिकोट दरवार संरक्षणका लागि क्रमशः १ करोड र ४० लाख रुपैंया बजेट विनियोजन भएको छ ।

टिकुरी बसपार्क, प्यूठान नगरपालिकाको सघन शहरी विकास, भिंगृगाउँ बसपार्क निमाण, सघन शहरी विकास बाग्दुला, खानेपानी डिभिजनको कार्यालय भवन निर्माणका लागि योजना छनौटमा परेका छन् ।

भिंगृ नयाँ शहर, चिल्ड्रेन पार्क, विजयनगर नगर विकास क्षेत्र गुरुयोजना पनि तयार हुने भएको छ ।

जनता आवास कार्यक्रम मार्फत यस वर्ष १५० घर निर्माण हुने भएका छन् भने निर्माणाधिन जेष्ठ नागरिक आवासका लागि १ करोड रुपैंया विनियोजन भएको छ ।

झिमरुक लिफ्ट खानेपानी आयोजनाका लागि २ करोड बजेट विनियोजन भएको छ । यस आयोजनाले प्यूठान नगरपालिका वडा नं. १, २, ३, ४, ७ र ८ लाई समेट्ने छ ।

मरन्ठाना ठूलामुलमा हरित पार्क निर्माण र झिमरुक जलाधार क्षेत्र संरक्षणका लागि बजेट विनियोजन भएको छ ।
सबै स्थानीय तहमा रोजगार सेवा केन्द्रको संचालनका लागि आवश्यक बजेट विनियोजन भएको छ ।

राष्ट्रिय युवा परिषद्ले माण्डवी गाउँपाकिलामा मार्फत विभिन्न क्रियाकलाप संचालनका लागि बजेट तथा कार्यक्रम समावेश भएको छ ।

धान जोन कार्यालय मार्फत र कफि विकास बोर्ड कार्यालय मार्फत कार्यक्रम कार्यान्वयनका लागि क्रमशः ३ करोड ३५ लाख ८ हजार र ८६ लाख ४९ हजार रुपैंया बजेट विनियोजन भएको छ ।

सबै पालिका मार्फत कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिनिकरण परियोजना र राष्ट्रिय फलपुmल विकास कार्यक्रम मार्फत बजेट निकासा हुने भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पालिका मार्फत कार्यक्रम संचालनका लागि बजेट विनियोजन गरेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मल्लरानी गाउँपालिकामा संचालित हिंसा पिडित महिला तथा किशोरी अल्पकालिन सेवा केन्द्र संचालनका लागि ३ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

योजनाहरुको पूर्णपाठ :

आर्थिक-वर्ष-२०७७-०७८-का-लागि-संघीय-सरकारबाट-प्युठान-जिल्लाका-लागि-छनौटमा-परेका-योजनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *