प्यूठान । अत्यधिक बेमौसमी वर्षाले पहिरो गएपछी अवरुद्ध भएको मच्छी- चौतामारे गुल्मी सडक सुचारु भएको छ। गत हाप्ता देखि वर्षाको कारण पहिरो खसेपछी अवरुद्ध भएको मच्छी- चौतामारे गुल्मी सडक मंगलबार देखि संचालनमा आएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयाे ।
असोज २४ गतेबाट सडकमा एक्साभेटर लागाएर पहिरो पन्छाउने काम थालिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयाे । सडक अवरुद्ध हुँदा स्थानीयलाई बजार आउजाउमा समस्या भएको थियो । चाडपर्वको समयमा स्थानीय बजारमा किनमेल गर्न आउने उपभोक्त र ग्रामीण क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउन निकै सास्ती भएको थियो ।
यसपालि अत्याधिक वर्षा भएकोले उक्त सडकमा दर्जनौं ठाउँमा पहिरो खस्दा क्षती भएको सडक मर्मत भएपछि यात्रुलाई सहज भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको भनाइ छ । दशैमा मर्मत गरिएका सडकहरु अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो गएर अत्याधिक जिर्ण भएका छन् । पालिकाका ८ वटै वडा पहिरोको कारण बिग्रेका सडक प्राविधिक लागत अनुमान तयार पारेर सम्झौता गरि छिटो भन्दा छिटो सडक मर्मत गर्न सबै वडा कार्यालयलाई ताकेता गरेको छ ।
पालिकाका आन्तरिक सडक प्राय सबैजसो अवरुद्ध छन । तिहार अगावै सबै सडक मर्मत गरि खुलाउने पर्यास भैरहेको प्राबिधिक आदेश जिसीले जानकारी दिनुभएकाे छ । झिमरुक गाउँपालिका भित्र बाढी पहिरोले मानवीय क्षती नभएपनी अन्य भौतिक संरचनामा ठूलो क्षती पुर्याएको सब- इन्जिनियर जिसीको भनाइ छ ।