प्यूठान । लकडाउनको अवधिलाई जेठ ३२ गतेसम्म थप गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रीपरिषदको शनिवार बसेको बैठकले जेठ ३२ गतेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । यद्यपी यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।
साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
