> समाज > प्यूठानमा यस वर्ष झण्डै ५ हजार नागरिकता र २५ सय राहदानी जारी


प्यूठानमा यस वर्ष झण्डै ५ हजार नागरिकता र २५ सय राहदानी जारी

प्यूठान, ९ साउन । जिल्ला प्रशासन कार्यालय प्यूठानले आ।व। २०७६/०७७ मा झण्डै ५ हजार नागरिकता र २५ सय राहदानी जारी गरेको छ ।

कार्यालयका अनुसार यस आर्थिक वर्षमा बंशजको आधारमा ३ हजार २६४ प्रशासन कार्यालय खलंगाबाट र १ हजार ४८४ इलाका प्रशासन कार्यालय जस्पुरबाट गरी कुल ४ हजार ७४८ नयाँ नागरिकता जारी गरेको हो । यस वर्ष २ वटा बैवाहिक अंगीकृत नागरिक वितरण गरिएको छ । प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत गरी १ हजार ९७५ प्रतिलिपि नागरिकता वितरण गरिएको तथ्यांक छ ।

राहदानी पनि उत्तिकै
यस वर्ष साधारण र दु्रत सिफारिस मार्फत २ हजार २३३ राहदानी सिफारिस गरिएको छ । जस मध्य साधारण तर्फ खलंगा कार्यालयबाट ९९३ र इलाका कार्यालय मार्फत ३१९ गरी १ हजार ३१२ राहदानी सिफारिस गरिएको छ ।

प्रशासन कार्यालयबाट ७१४ र इलाकाबाट २०७ रहदानी द्रुत सिफारिस गरिएको छ । सिफारिस गरिएका मध्य २२५ राहदानी वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

१३ नयाँ संस्था
यस आर्थिक वर्षमा प्यूठानमा १३ वटा नयाँ सामाजिक संस्था दर्ता भएका छन् । ४६ वटा संस्थाले नविकरण गरेका छन् । गत वर्ष आ.व. २०७५/७६ मा १६ वटा नयाँ संस्था दर्ता र ४४ वटा संस्था नविकरण भएका थिए ।

अनुगमन
गत वर्ष १४ पटक बजार अनुगमन भएकोमा यस वर्ष ६ पटक मात्र बजार अनुगमन गरिएको छ । जिल्ला स्थित विभिन्न २७ वटा कार्यालयको अनुगमन १ पटक भएको आ.व. २०७६/०७७ को प्रगति विवरणमा उल्लेख छ ।

 

विभिन्न सरकारी कार्यालयहरुले आ.व. २०७६/०७७ मा सम्पादन गरेका कार्य प्रगतिको छोटो विवरणहरु :

जिल्ला ट्राफिक कार्यालय प्यूठान : https://pyuthansamachar.com/3283/

जिल्ला मालपोत कार्यालय प्यूठान : https://pyuthansamachar.com/3265/

जिल्ला प्रहरी कार्यालय प्यूठान : https://pyuthansamachar.com/3209/

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठान : https://pyuthansamachar.com/3247/

कोष तथा लेखा नियन्त्रण कार्यालय : https://pyuthansamachar.com/3253/

Leave a Reply

Your email address will not be published. Required fields are marked *