> समाज > प्यूठान मालपोतबाट उठ्यो २ करोड राजश्व


प्यूठान मालपोतबाट उठ्यो २ करोड राजश्व

प्यूठान, ७ साउन । मालपोत कार्यालय प्यूठानमा आर्थिक वर्ष २०७६/०७७ मा २ करोड १० लाख २१ हजार १२७ रुपियाँ राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा मुद्धा र रजिष्ट्रेशन तर्फ गरि उक्त रकम राजश्व उठेको कार्यालयले जनाएको छ ।

मुद्धा तर्फ ३ लाख ९२ हजार ९५२, रजिष्ट्रेशन अन्र्तगत पुँजीगत लाभकर तर्फ ४५ लाख ८४ हजार ७२०, पारित लिखत तर्फ १ करोड ५७ लाख ८१ हजार ५०५, रोक्का, प्रतिलिपि, शेष बकस बदर तर्फ १ लाख ७४ हजार, पुर्जा विक्री तर्फ ८७ हजार ९५० रुपियाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा कुल २ हजाजर ८४२ लिखत पारित भएका छन् । जसमध्ये ५९० महिला लिखत र ६७ दलित लिखत रहेका छन् ।
त्यसैगरि, महिला राजश्व छुट १९ लाख १८ हजार ४५२ र दलित राजश्व छुट ६ लाख २९ हजाजर ८१० रुपियाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *