> राष्ट्रिय > बाग्दुलाको सडकमा गरे स्थानीयले रोपाइँ


बाग्दुलाको सडकमा गरे स्थानीयले रोपाइँ

प्युठान । बाग्दुला-दम्ती सडक खण्डको बाग्दुला बजार क्षेत्रमा स्थानीयले रोपाइँ गरेका छन ।

निर्माणधिन सडक हिलाम्मे भएपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप स्थानीयले रोपाइँ गरेको ब्यबसायी प्यार अलि खानले जानकारी दिनुभयो । समयमै काम नभएको र वर्षात लागेपछि काम थाल्दा पैदल हिड्न समेत अप्ठ्यारो रहेको उहाँको भनाई छ ।

उक्त मोटरबाटो स्तरोन्नति गर्न सडक पुर्वाधार कार्यालय मार्फत ५ करोड ४१ लाख रुपियाँमा हाम्रो निर्माण सेवा सुर्खेतले ठेक्का लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *