> आर्थिक/बिकास > प्यूठानमा बाली तथा पशुपंक्षी विमा अभिकर्ता तालिम सञ्चालन


प्यूठानमा बाली तथा पशुपंक्षी विमा अभिकर्ता तालिम सञ्चालन

प्यूठान, २५ पुस ।
प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्यूठानको आयोजनामा कृषि तथा पशुपंक्षी विमा सम्बन्धी अभिकर्ता तालिम संचालन गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभाग र विमा समितिको प्राविधिक सहयोगमा स्रोत व्यक्ति विकासका लागि तीन दिने तालिम शुक्रवारदेखि खलंगामा संचालन भैरहेको छ ।

 

तालिममा जिल्लाका ६ वटा स्थानीय तहका ६० जना सहभागी छन् । कम्तिमा कृषि जेटिए, जेटिए वा एसएलसी उत्र्तिण गरि कृषि सम्बन्धित तालिम प्राप्त व्यक्ति छनौट गरि दुई समुहमा तालिम संचालन गरिएको परियोजना कार्यान्वयन ईकाई प्यूठानका कृषि अधिकृत चुमान सिंह गिरीले जानकारी दिनुभयो । कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसाय तर्फ आकर्षण गर्न विमा अनिवार्य रहेकोले तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।

 

विमा कार्यक्रम कृषकको पहुँचमा पुग्न नसकेकोले यसको प्रचार प्रसार, फाइदा एवं सरकारले विमाको लागि दिएको अनुदानका बारेमा तालिममा प्रशिक्षण दिईनेछ । तालिमको सहजिकरण वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले, वरिष्ठ कृषि अधिकृत डा. तपेन्द्र शाहा र विमा समितिको तर्फबाट भैरहेको छ । प्रत्येक दिन ५ वटा कक्षाहरु सन्चालन भैरहेका छन् ।

 

तालिममा प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, ऐरावती, माण्डवी, सरुमारानी, मल्लरानी गाउँपालिका अन्तरगत वडाहरु, स्थानीय कृषि तथा पशु शाखा र एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय प्यूठानबाट प्रतिनिधित्व हुने गरी सहभागी छन् ।

 

मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्यको प्रमुख आतिथ्यता, परियोजना कार्यान्वयन ईकाई प्यूठान कृषि अधिकृत गिरीको संचालनमा एक औपचारिक कार्यक्रमका वीच तालिम उद्घाटन गरिएको हो ।

 

प्रमख अतिथी समन्वय प्रमुख आचार्यले कृषि तथा पशुपंक्षी सम्बन्धित सबै निकायहरुबाट विमालाई प्राथमिकता दिँदै कृषिमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नु पर्ने सुझाव दिनुभयो । उद्घाटन सत्रमा बोल्दै एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय प्यूठानका प्रमुख डा.उत्तम आचार्यले कृषि र पशुपन्छिको समग्र विकासका लागि विमा अनिवार्य रहेको बताउनुभयो ।

मल्लरानी गाउँपालिकाका अध्यक्ष रानाले कृषि तथा पशुपंक्षी विमाको लागि कृषकले तिर्नु पर्ने २५ प्रतिशत विमाशुल्क गाउँपालिकाले तिरिदिने बताउनुभयो । कृषकहरुको हित तथा समग्र कृषि विकासलाई गति दिन ल्याइएको बाली तथा पशुपंक्षी बीमालाई कृषि विकासको महत्वपुर्ण पाटोको रुपमा लिनुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *