> समाज > प्यूठान प्रहरीमा एक वर्षमा १८१ मुद्धा दर्ता


प्यूठान प्रहरीमा एक वर्षमा १८१ मुद्धा दर्ता

प्यूठान, ३ साउन । जिल्ला प्रहरी कार्यालय प्यूठानमा एक आर्थिक वर्षमा १८१ वटा मुद्धा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाभर विभिन्न घटनामा १८१ मुद्धा दर्ता भएका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान ५, ज्यान मार्ने उद्योग १, लागु औषध १, आत्महत्या ६२, पशुपंछी सम्वन्धी कसुर(गौवध) १ रहेका छन् ।

त्यसैगरि बहु विवाह ६, बालविवाह १, जबरजस्ती करणी १८, जबरजस्ती करणी उद्योग ४, सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर ७९, जातिय छुवाछुत तथा भेदभाव २ र जुवा सम्बन्धी कसूर १ रहेको प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *