> आर्थिक/बिकास > प्यूठानको विकास खर्च :प्रदेशको ८२ प्रतिशत, सङ्घको ५० प्रतिशत


प्यूठानको विकास खर्च :प्रदेशको ८२ प्रतिशत, सङ्घको ५० प्रतिशत

प्यूठान, ६ साउन । जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा सङ्घबाट प्राप्त बजेटमध्ये ५० प्रतिशत विकास खर्च भएको छ । सङ्घ अन्तरगत प्राप्त पुँजीगत रकम ३६ करोड ६६ लाख एक हजार ५३५ रुपियाँ मध्ये १८ करोड १८ लाख १६ हजार ७५९ रुपियाँ बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले जनाएको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट प्राप्त कुल एक अर्व ७३ करोड १२ लाख ५६ हजार पुँजिगत रकम मध्ये एक अर्व ४३ करोड ४१ लाख ७५ हजार ५७ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक तुल्सीराम शर्माले जानकारी दिनुभयो । प्रदेशबाट प्राप्त रकममध्ये ८२ प्रतिशत विकास खर्च भएको उहाँले बताउनुभयो ।