> राष्ट्रिय > ‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुँदै


‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुँदै

काठमाडौं, ९ साउन । विश्व फोटो दिवस (अगस्ट १९) लाई मध्यनजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । कोभिड–१९ सम्वन्धि जनचेतना, सूचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक हरी पाण्डेले जानकारी दिनुभयो ।

देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निशुल्क सहभागी हुन सक्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । कोभिड १९ ले वर्तमानमा अवस्थामा पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गर्ने उदेश्य रहेको न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिन्ट गर्न मिल्ने र आफैले खिचेको मात्र पठाउनु पर्नेछ । प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार सम्मान स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगी मध्येका कुनै फोटो विक्रि वितरण भएमा उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने व्यवस्था मिलाइएको छ । फोटो यहि श्रावण ३१ गते शनिवार सम्म पठाइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *