> राष्ट्रिय > अल्ट्राधावक तथा पर्वतारोही पण्डितको सम्झनामा शालिक र संग्राहलय


अल्ट्राधावक तथा पर्वतारोही पण्डितको सम्झनामा शालिक र संग्राहलय

प्यार अलि खान
प्यूठान । अल्ट्राधावक तथा विश्व पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा प्रतिष्ठान भवनमा शालिक र संग्राहलय स्थापना गरिएको छ ।

अल्ट्राधावक तथा विश्व पर्वतारोही सञ्जय पण्डित स्मृति प्रतिष्ठानले एक समारोहका वीच आईतबार प्रतिष्ठान सचिवलय भवन उद्घाटन तथा शालिक अनावरण गरेको हो । प्यूठान नगरपालिकाका प्रमुख विष्णु योगीले शालिक अनावरण गर्नुभयो ।

प्यूठान नगरपालिका–७ टिकुरी बसपार्कमा रहेको प्रतिष्ठान भवनमा संग्रहालय स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष नेगन सिंह कुँवरले जानकारी दिनुभयो । स्वर्गीय पण्डितले हिमाल आरोहण गर्दा प्रयोग गरेका कपडा, औजार, उनले प्राप्त गरेका सम्मान सामाग्री प्रदर्शनीमा राखिएको हो ।

कार्यक्रमको अवसरमा सचिवलय भवन स्थापनामा सहयोग पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

पण्डितले करिब २ हजार २ सय किलोमिटर दूरीको दौड अन्तर्गत स्वर्गद्वारी–काठमाण्डौ, भालुबाङ – गौमुखी, काठमाण्डौ–खासा लगायत लामो दूरीको कृतिमानी दौड पूरा गरेका थिए ।

अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा खराब मौषमका र अल्टिच्यूडका कारण २०७४ असार २ गते २९ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

पण्डितले सर्वाेच्च शिखर सगरमाथा, माउन्ट किलिमन्जेरो, माउन्ट एलब्रुस जस्ता विश्वका अग्ला हिमालका साथै नेपालका आधा दर्जन भन्दा बढी हिमा आरोण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *