> राष्ट्रिय > नेपालमा थप ७ जनामा कोराना संक्रमण


नेपालमा थप ७ जनामा कोराना संक्रमण

प्यूठान, २७ वैशाख । नेपालमा थप सात जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।

आज राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
आज थप भएका ७ जना मध्ये ३ जना महिला उदयपुर, ३ जना पुरुष कपिलवस्तु र  १ जना पर्साको रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *