प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्युठानले वडा स्तरीय प्रशिक्षण कार्यक्रम थालेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमालेले ६४ वटै वडामा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
जिल्लाका नौ वटै पालिका कमिटीलाई वडा भेला तथा प्रशिक्षण कार्यक्रम गर्न निर्देशन दिएको नेकपा (एमाले) प्युठानका अध्यक्ष विजय विराज विष्टले बताउनुभयो । सवै पालिकामा अभियान शुरु भएको समेत अध्यक्ष विष्टले बताउनुभयो । पार्टीले उठाएका मुद्धाबारे अगुवा कार्यकर्तालाई प्रशिक्षण गरिएको अध्यक्ष विष्टको भनाई छ ।
अभियान यहि भदौ १५ गतेभित्र सक्ने योजना छ । अभियानलाई तीव्र रुपमा अगाडी बढाएको प्युठान नगरपालिका कमिटीका सचिव आकाश भण्डारीले बताउनुभयो । “पालिका भित्र १० वडा वडा छन्,” उहाँले भन्नुभयो, “एकै दिन २/३ वटा कार्यक्रम पनि राखिएको छ ।”