राष्ट्रियसमाज

ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)

प्यूठान, ४ साउन । गएराती प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारीको धरम्पानीबाट भिंगृ आउँदै गरेको ट्याक्टर नगरपालिका वडा नं। ३ रुमालेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रोल्पाका रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर, गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका छन् ।

त्यस्तै ट्याक्टर चालक त्रिवेणि गाउँपालिका निवासी अन्दाजी २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

Related Articles

Back to top button