> राष्ट्रिय > पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्छ : राजमो


पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्छ : राजमो

प्यूठान । राष्ट्रिय जनमोर्चाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने जनाएको छ ।

 

सरकारले राष्ट्रिय एकता दिवस मनाउने निणर्य गर्नुपर्ने र त्यस दिन सरकारी तवरबाट सार्वजनिक विदा दिनुपर्ने माग राष्ट्रिय जनमोर्चाले गरेको छ ।

 

प्रेस वक्तव्य जारी गरेर जनमोर्चाले देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउनुपर्ने आवाज बढ्दै गएको उल्लेख गरेको छ ।

विज्ञप्तीको पूणर् पाठ

 

पुष २७ गतेलाई सरकारले राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्नुपर्ने र त्यस दिन सरकारी तवरबाट सार्वजनिक विदा दिनु पर्ने माग राष्ट्रिय जनमोर्चाले गर्दै आएको छ । आज राष्ट्रिय एकता दिवसको दिनमा त्यो माग पुनः दोहो¥याउन चाहन्छ । देशव्यापी रुपमा पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने आवाज देशव्यापी रुपमा बढ्दै गइरहेको छ । आज देशको राष्ट्रियता सार्वभौमसत्ता, अखण्डता, जातीय सद्भाव र एकतामाथि विखण्डनकारी तत्वहरुबाट आक्रमण तीव्र पारिएको बेला राष्ट्रिय एकता दिवसको महत्व झन् बढेर गएको छ । पुष २७ गतेका दिन सरकारले सार्वजनिक विदा नदिए पनि यो खुशीको कुरा हो कि कतिपय स्थानीय तहले विदा दिने घोषणा गरेको छ ।

विभिन्न मुलुकको एकीकरणको इतिहास हेर्दा एकीकरणकर्ताको भूमिकामा फरक फरक वर्ग वा धर्मले योगदान पु¥याएको पाइन्छ । कुनै मुलुकको एकीकरणमा सामन्ती शासक त कुनै मुलुकमा पुँजीवादी, कुनैमा कम्युनिस्ट शासन त कतिपय मुलुकमा तात्कालिन नवोदित धर्म, यहाँसम्म कि विदेशी हमलावरहरुले समेत तात्कालिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेको पाईन्छ । वर्तमान सामाजिक स्वरुपलाई आधार बनाएर तात्कालिक समाजलाई मुल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तात्कालिन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पु¥याएको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न । त्यो कुरा नेपालको एकीकरणको हकमा पनि लागु हुन्छ ।

नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण एतिहासिक योगदान रहेको छ । वर्तमान गणतन्त्रात्मक शासन प्रणालीमा आएर उनी सामन्ती शासक भएको आधारमा उनले नेपालको एकीकरणमा पु¥याएको योगदानलाई अस्वीकार गर्नु सही हुँदैन । तात्कालिन सामन्ती व्यवस्था प्रतिकृयावादी भएको कुरामा कसैसँग विमति हुन सक्दैन । तर तात्कालीन सामन्ती शासकहरुले आफ्नो मुलुकको राष्ट्रियताको रक्षाको भावनाले एकीकरण गरेका थिए । त्यो राष्ट्रियताको भावना सामन्ती राष्ट्रवादमाथि आधारित भए पनि त्यसले देशको एकीकरण तथा एकीकृत मुलुकलाई अंग्रेजहरुबाट रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको थियो ।

नेपाल तात्कालिन अवस्थामा ५३ वटा स–साना राज्यमा विभाजित थियो । विभिन्न राज्यका बीच युद्ध, झै झगडा तथा लुटपाट चलिरहन्थ्यो । नेपालको दक्षिणतर्फ ब्रिटिश साम्राज्यवादको शक्ति र प्रभावमा विस्तार हँुदै नेपालको समेत राष्ट्रियता खतम गरेर आफ्नो उपनिवेश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको अवस्थामा पृथ्वीनारायण शाहले एकीकरण कार्य अगाडि नबढाएको भए सम्भवतः नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुुने थियो ।

तात्कालिन अवस्थामा नेपाललाई एकीकृत तुल्याउन कार्यमा पृथ्वीनारायण शाहको ऐतिहासिक महत्वपूूर्ण योगदान रहेको छ । सामन्ती शासक भएका कारण नेपालको एकीकरणमा उनले पु¥याएको योगदानलाई अवमूल्यन गर्नु सही हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *