> राष्ट्रिय > कोभिड विरुद्ध नागरिक अभियान प्यूठान


कोभिड विरुद्ध नागरिक अभियान प्यूठान

प्यूठान, १९ बैशाख । जिल्लामा बढ्दै गएको कोरोना संक्रमणलाई न्यूनिकरण गर्न नागरिक अभियान प्यूठानले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

 

आईतबार बसेको नागरिक अगुवाहरुको वैठकले जिल्लामा कोभिड १९ का कारण उत्पन्न पछिल्लो परिस्थति, जोखिम, जिल्ला अस्पतालमा उपलव्ध स्वास्थ्य उपचार, उपकरण, अक्सिजनको उपलव्धता, स्थानीय तहले गरेका कोभिड विरुद्धका कामहरु लगायतका विषयमा छलफल गरि कोभिड विरुद्धको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

प्रेस विज्ञप्ती जारी गरि नागरिक समाजको तर्फवाट जनताको स्वास्थ्य उपचारका लागि जुन सुकै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।
कोरोना संक्रमितको उपचारका लागि जिल्लाका तीनै तहका सरकारसंग नागरिक स्वास्थ्यका बिषयमा गम्भिर हुन अभियानले ध्यानाकर्षण समेत गराएको छ ।

 


कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव देखिएकाले जिल्लाका सम्पूणर् उद्योगी तथा व्यवसायी एवं नागरिकहरुसंग भएका अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलव्ध गराउन समेत अभियानले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *