> समाज > सरुमारानी आएका ८ जना क्वारेन्टाइनमा


सरुमारानी आएका ८ जना क्वारेन्टाइनमा

कमल बि.क., १ वैशाख ।
सरुमारानी गाउँपालिकामा आएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनु भएको छ ।

कामको शिलशिलामा पर्वतमा रहेका  गुल्मी अर्घाखाँची हुँदै प्यूठान आई पुगेका सरुमारानी गाउँपालिकाको वडा नम्बर ५ का ७ जना र वडा नम्बर ४ का १ जना गरी ८ जनालाई वडा नम्बर ५ स्थित राङ्भाङ्को प्रा.वि. भवनको क्वारेन्टाइनमा राखिएको हो । कोरानो भाइरसको संक्रमण हुन सक्ने भएकोले क्वारेन्टाइनमा राखिएको अध्यक्षले बताउनु भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले गरेको लक डाउनका कारण कामको सिलसिलामा पर्वतमा रहेका प्यूठानका ८ र दांगका ३ गरी ११ जना रहेका थिए । झिमरुक गाउँपालिकाको समन्वयमा सौतामारेबाट ११ जनालाई बाग्दुला सम्म पठाएको थियो जसमध्ये राप्ती गाउँपालिकाका २ र लमही नगरपालिकाका १ जना गरि दाङका ३ जनालाई बाग्दुलाबाट सरुमारानीको सहकार्यमा दाङ पठाइएको छ ।

सरुमारानी गाउँपालिकामा क्वारेन्टाइन बस्ने व्यक्तिको सख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!