खेलकुदस्थानीय सरकार

झिमरुकमा भएको खेलकुद प्रतियोगितामा बालशिक्षा माबि प्रथम

प्यूठान । झिमरुक गाउँपालिकामा भएको पाँचौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बालशिक्षा माध्यमिक विद्यालय ओखरकोटले प्रथम स्थान हाँसिल गरेको छ । ८ स्वर्ण र ९ रजत सहित १६ पदक जितेको बालशिक्षाले प्रथम स्थान प्राप्त गरेको हो ।

 

प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ३ कास्य गरी १६ पदक सहित सत्य माध्यमिक विद्यालय तुषाराले द्धितिय स्थान हाँसिल गरेको छ भने बलभद्र माध्यमिक विद्यालय बाँदिकोटले ५ स्वर्ण, ३ रजत र ५ कास्य गरी १३ पदक सहित तृतिय स्थान हाँसिल गरेको छ ।

 

प्रतियोगितामा जनता माध्यमिक विद्यालय टिमुरचौरले ११, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हिरापोखरीले ९, सीता माध्यमिक विद्यालय कुताले ५, सर्वाेदय माध्यमिक विद्यालय गडेरपानीले ५, प्रभात माध्यमिक विद्यालय आहालखोलाले ८, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मर्कावाङले १ रजत, लक्ष्मी माध्यमिक विद्यालय बाङ्गेमरोठले २, अमरसिंह माध्यमिक विद्यालय सौतामारेले ३ वटा पदक हाँसिल गरेका छन् ।

 

प्रतियोगितामा १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button