> राष्ट्रिय > करको समस्या समाधान गर्न गैससको माग


करको समस्या समाधान गर्न गैससको माग

प्युठान । मुनाफा रहित संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर, भ्याटको समस्या हल गर्न गैरसरकारी संघसंस्थाले माग गरेका छन् । गैसस महासंघ नेपालले मुनाफा रहित सामाजिक संघ संस्थाकाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खरेज गरी सममस्याको समाधान गर्न माग गरेको हो ।

 

त्यसैगरी आगामी वर्ष २०८०/०८१ को आर्थिक ऐनमा मुनाफा रहित सामाजिक संघ संस्थाको आयकर, मुल्य अभिमवृद्धि कर, अन्य कर, जरीवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने व्यवस्था गर्न माग गरिएको छ ।

 


गैसस महासंघ प्यूठानले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नागरिक संघ संगठनहरुमाथी घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेको भन्दै ध्यानाकर्षण जनाएको छ ।

 

गैसस महासंघ प्यूठानका अध्यक्ष विजय कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई ज्ञापन पत्र बुझाउनुभएको हो । अध्यक्ष श्रेष्ठले लामो समयदेखिको सामाजिक संघ संस्थाहरुको समस्या समाधानका लागि दवाव स्वरुप देशभरबाट अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *