प्यूठान, १७ असार । प्यूठानमा थप ७ जना कोरोनाबाट मुक्त भएका छन् ।
आज वुधवार माण्डवी गाउँपालिकाका थप ७ जनाको कोरोना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार पहिलो पटक पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो । पुन दोस्रो पटक परिक्षण गर्दा रिपोर्ट नेगेभिट देखिएपछि घर पठाइएको हो ।
यससँगै प्यूठानमा कोरोनाबाट मुक्त हुनेको संख्या ३५ पुगेको छ ।
