> समाज > कोरोना प्रोत्साहन भत्ताप्रति प्यूठान अस्पतालका नर्सिङ स्टाफ असन्तुष्ट


कोरोना प्रोत्साहन भत्ताप्रति प्यूठान अस्पतालका नर्सिङ स्टाफ असन्तुष्ट

प्यूठान, ३ साउन । कोरोना प्रोत्साहन भत्ता वितरणमा विभेद गरिएको भन्दै प्यूठान अस्पतालका नर्सिङ स्टाफ असन्तुष्ट बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमका बेला निरन्तर काम गरेपनि प्रोत्साहत भत्तामा विभेद गरिएको भन्दै अस्पतालका नर्सिङ स्टाफ असन्तुष्ट भएका हुन ।

प्राप्त रकम फिर्ता सहितको माग सम्वोधन गर्न पेश गरिएको सामुहिक निवेदन

अस्पतालमा कार्यरत २२ जना नर्सिङ स्टाफले निवेदन सहित चेक मार्फत प्रोत्साहन रकम फिर्ता गरेका छन् । उनीहरुले तलव स्केल अनुसार १४ दिनको मात्र प्रोत्साहन भत्ता पाएको गुनासो गरेका छन् । आफ्नो स्केल अनुसार १४ दिन बराबरको भत्ता पाएको र उक्त रकम चेक मार्फत फिर्ता गरिएको सामुहिक निवेदनमा उल्लेख गरिएको छ ।

कोरोनाको महामारीमा व्यक्तिगत सुरक्ष सामाग्रीको अभावमा समेत चौविसै घण्टा काम गरेको भन्दै नेपाल सरकारको निर्णय अनुसार सत प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउन यसअघि निवेदन दिएपनि सुनुवाई नभएपछि रकम फिर्ता गरिएको एक स्वास्थ्यकर्मीले बताइन् । चौविसै घण्टा आकस्मिक, प्रसुति सेवा लगायत सेवामा खटिएको प्रमाण प्रशासनमा छ, उनले भनिन्, अहिले प्रोत्साहन भत्ता सरकारी निर्णय विपरित उपलब्ध गराइयो ।

शत प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरिएको निवेदन

प्रोत्साहन भत्ताको विभेदका विषयमा आवश्यक पहल गरिदिन अस्पताल प्रमुखलाई निवेदन सहित आग्रह गर्दै पुनः निवेदन दिइएको स्वास्थ्यकर्मीले बताएका छन् । अस्पतालका निमित्त प्रमुख डा. अमृत पन्थीले नर्सिङ स्टाफको गुनासो प्रदेश मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । ‘प्रदेशबाट पठाएको विवरणका आधारमा प्रोत्साहन रकम दिइएको हो,’ डा. पन्थीले भन्नुभयो, ‘गुनासो आएपछि प्राप्त गुनासो मन्त्रालयमा पठाएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *