> आर्थिक/बिकास > नागरिक सरोकार समाज प्यूठानको ध्यानाकर्षण : युवा जनशक्तिलाई रोजगारीको वातावरण सृजना गरौं


नागरिक सरोकार समाज प्यूठानको ध्यानाकर्षण : युवा जनशक्तिलाई रोजगारीको वातावरण सृजना गरौं

प्यूठान, ८ साउन । कोरोना संक्रमणले प्रभावित युवा जनशक्तिलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना गराउन नागरिक सरोकार समाज प्यूठानले ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारीले रोजगारी गुमाएर बसेका युवा जनशक्तिलाई स्थानीय स्तरमै रोजगारीको वातावरण सृजनाको लागि पहल थाल्न समाजले जिल्लाका सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका सवै स्थानीय तहमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको समाजका संयोजक सुमन सुवेदीले जानकारी दिनुभयो । स्थानीय स्तरमा सम्भावनाको खोजी, अन्र्तक्रिया तथा छलफल, सीपमुलक, आयमुलक तालिम लगायतमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्रीय सरकारले तत्काल ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

अनुत्पादक बनेको युवा जनशक्तिलाई समयमै सही सदुपयोग गरि विकासको आधार सृजना गर्न सकिने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *