> राष्ट्रिय > प्यूठानका थप एक कोरोना संक्रमितको मृत्यु


प्यूठानका थप एक कोरोना संक्रमितको मृत्यु

प्यूठान, १५ कात्तिक । प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको चितवनको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिनुभयो ।

निमुनियाको बिरामी रहनुभएका पुरुषको वुटवलमा उपचार नभएपछि उपचारका लागि चितवन लगिएको थियो । वुटवलमा कोरोना रिपोर्ट नेगेटिभ आएपनि चितवनमा चेकजाँच गर्दा कार्तिक १२ गते उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यससंगै प्युठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *