> समाज > प्यूठानमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या १५३ पुग्यो


प्यूठानमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या १५३ पुग्यो

प्यूठान, २३ असार । प्यूठानमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या १५३ पुग्यो ।

मंगलवार थप ३३ जना कोरोना मुक्त भएर घर फर्किएसँगै प्यूठान कोरोना मुक्त हुनेको संख्या १५३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको थियो । पुन स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाइ घर पठाइएको हो । आज निको भई घर जानेमा प्यूठान नगरपालिकाका २४ जना र मल्लरानी गाउँपालिकाका ९ जना रहेका छन् ।
हालसम्म कुल ३२७ जना संक्रमित मध्ये १५३ जना घर फर्कीसकेका छन् भने बाँकी संक्रमितलाई स्थानीय पालिकाले बनाएको आईसोलेसनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *