> राष्ट्रिय > प्यूठानमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो


प्यूठानमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

प्यूठान, ३ असोज । प्यूठानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठानका १ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित गौमुखी गाउँपालिकामा ५ जना, झिमरुक गाउँपालिकामा ३ जना र स्वर्गद्वारी नगरपालिकामा १ जना रहेका छन् ।

सबै संक्रमित बाहिरबाट आइ गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा रहेको गाउँपालिका स्रोतले जनाएका छ ।

यससँगै प्यूठानमा कोरोना संक्रमित ५०६ पुगेको छ जसमध्ये ४५८ जना निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको मृत्यु भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *