प्यूठान, २० असार । नौ बहिनी गाउँपालिका ७ छाप्रा नजिकै सुरदिप गाउँ ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
लु १ त ५८२६ नम्वरको ट्याक्टर दुर्घटना हुदाँ स्थानिय समाजसेवि रेकम कुवरको छोरा १५ बर्षिय प्रकाश कुवरको ज्यान गएको बाहानेबाट महेश थापाले जानकारी दिनुभएको छ । रोकेर राखेको ट्याक्टरमा खेल्ने क्रममा एक्कासी ट्याक्टर गुड्डा कुवरको ज्यान गएको प्रहरीले बताएको छ । प्रकाश दिपज्योति बिद्यासदन बाहानेमा कक्षा ७ मा अध्ययनरत थिए ।
शवलाई पोष्टमार्टमको लागी जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा लगिएको छ ।
