> समाज > १२ दिनपछि रिपोर्ट, अव के ३ दिन आईसोलेसनमा ?


१२ दिनपछि रिपोर्ट, अव के ३ दिन आईसोलेसनमा ?

प्यूठान, ३२ जेठ । क्वारेन्टाईन अवधि पुरा गरी घर पठाइएका स्वर्गद्धारी नगरपाकिलका एक युवामा कोरोना संक्रमण देखिए पछि अव कति दिन आईसोलेसनमा राख्ने ? प्रश्न उठेको छ ।

स्वाव परीक्षणका लागि पठाइएको १२ दिन पछि नतिजा आएको हो । सामान्य अवस्थामा कोरोना संक्रमण पुष्टि भएको १४ दिन आईसोलेसनमा बस्नुपर्ने प्रावधान छ ।

स्वाव संकलन भएको अवस्थामा कोरोना संक्रमण पुष्टि भएको हो । अव आईसोलेसनमा राख्नु पर्ने अवधिको गणना स्वाव संकलन भएको जेठ २१ गते हुन्छ की नतिजा आएको जेठ ३२ गते देखि रु अन्यौलता बढाएको छ ।

स्वास्थ्यमा कुनै जटिल अवस्था नआएमा १४ दिन आईसोलेसनको अवधि पुरा गरी घर पठाउन सकिने स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रोटोकल रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदी बताउनुहुन्छ । अहिलेको अवस्थालाई हेरेर जेठ ३२ बाट नै आईसोलेसनको अवधि गणना हुने उहाँको भनाई छ ।

अव १४ दिन पुरा हुँदा पुर्नः स्वाव संकलन गरिन्छ की गरिँदै र त्यसको रिपोर्ट आउन फेरी कति दिन लाग्ने हो रु उत्तर यहि भन्न सकिने अवस्था छैन ।

वर्तमान अवस्थालाई हेर्दा पुर्नः स्वाव संकलन गरी छिटो नतिजा थाहा पाउनु पर्ने स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर के.सी.को भनाई छ ।

आरडीटी रिपोर्ट नेगेटिभ आए पनि उहाँमा हल्का ज्वारो भएकाले स्वाव संकलन गरेको उहाँले बताउनुभयो । ‘होम आईसोलेसनमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमै हुनुहुन्थ्यो ।’ ,उहाँले भन्नुभयो, ‘संक्रमण समुदायमा प्रवेश गरेको छैन, थप जानकारी लिने काम भैरहेको छ ।’

संक्रमण १२ दिन पछि पुष्टि भएपछि, संक्रमणले यो अवधि पुरा गरिसकेकोले भोलि÷पर्सीमा पुर्नः परीक्षण गर्नु नै उत्तम विकल्प भएको स्वास्थ्य शाखा प्रमुख के.सी.को भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *