प्यूठान, २० असार । प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा शनिवार प्यूठान झिम्रुक गाउँपालिकाका १ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना, सरुमारानी गाउँपालिकाका २ जना र ऐरावतिका १ जना गरि ६ जना नया संक्रमित भेटिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित २ वर्षदेखि ४७ वर्षसम्मका १ जना महिला र ५ जना पुरुष रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ३१२ पुगेको छ जसमध्ये ५४ जना निको भएर घर फर्किसकेका छन् ।
