> राष्ट्रिय > समुदायमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र साउन २५ गते सम्मका लागि पुर्ण शिल


समुदायमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र साउन २५ गते सम्मका लागि पुर्ण शिल

प्यूठान, २० साउन । प्युठान बाग्दुला बजार क्षेत्र साउन २५ गतेसम्मका लागि पुर्ण शिल गरिएको छ ।

प्युठान नगरपालिका ७ निवासी एक २२ वर्षीय महिलामा समुदाय स्तरमा कोरोना संक्रमण पोजेटिभ देखिएपछी जिल्लाको मुख्य ब्यापारिक केन्द्र रुपमा रहेको बाग्दुला बजार क्षेत्र शिल गरीएको हो ।

होटल ब्यवसायमा संलग्न उनका परिवार सहित छिमेकिहरुलाइ समेत कन्ट्याक ट्रेसिङ गर्नका लागि साउन २५ गतेसम्म पुर्ण लकडाउन सहित शिल गर्ने निर्णय भएको हो । कन्ट्रयाक ट्रेसिङ गरेका ब्यक्ति र उनका परिवारका सदस्यहरुको स्वाव संकलनको रिपोर्ट नआउँदासम्मको लागि शिल गरिनेछ । अत्यावस्यक सेवा बाहेक यातायात पसल उद्योग सबै बन्द गर्ने र भेटघाट गर्न समेत रोक लगाइएको हो । प्युठान नगरपालिकाको धाइरे, मरन्ठाना, सारीवाङ, पुण्यखोला सम्मका सबै क्षेत्र शिल भएको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *