> समाज > प्युठान थप ९ जनामा कोरोना संक्रमण


प्युठान थप ९ जनामा कोरोना संक्रमण

प्यूठान, २८ असोज । प्यूठानमा आज ९ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाको प्यूठान नगरपालिकामा ६ जना, झिमरुक गाउँपालिकामा २ जना, र ऐरावति गाउँपालिकामा १ जना गरि ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको फोकलपर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभएको छ ।

जसमध्य दुइजना महिला रहेका छन् । उनिहरुको स्वाव प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो । त्यस्तै गौमुखी गाउँपालिकाका ३ जना संक्रमित काठमाण्डौमा पुष्टि भई घरमा आएर आईसोलेसनमा बसेको समेत फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो सँगै प्यूठानमा संक्रियसंक्रमितको संख्या ९० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *