प्यूठान, ३ असोज । मल्लरानी गाँउपालिका-२ चुजाठाटिमा वडा स्तरीय प्रथम स्मृति कप भलिवल प्रतियोगिता सुरुवात भएको छ ।
चुजाठाटिमा गाउँपालिका उपाध्याक्ष सरिता जि.सीले रिवन काटेर उद्घाटन गर्नुभएको हो । उद्घाटनमा बोल्दै उहाँले गाँउपालिकाले खेलकुदका योजनालाई प्राथमिकता राखेर अघि बढेको बताउनुभयो । प्रतियोगिताको आयोजना गरेकामा आयोजक टिमलाई धन्यवाद दिदै खेल अनुशासन पुर्वक खेल्न खेलाडिलाई उहाँले आग्रह समेत गर्नुभयो ।
आज पहिलो दिन ६ खेल सम्पन्न भएको आयोजकले जनाएको छ । वडाको विभिन्न ठाँउका गरी १२ टिमले सहभागिता जनाएको थिए जसमध्ये पहिलो दिनको खेल सम्पन्न हुदा ६ टिम खेलबाट बाहिरीसकेका छन् । बाकि खेल भोलि हुने आयोजकले जनाएको छ ।
स्व बुवा पदम, आमा इश्वरीमाया तथा छोरा जिवनको स्मृतिमा वडा नं-२ का वडा अध्यक्ष लेख वहादुर थापाको आयोजनामा सञ्चालन खेल भोलिसम्म चल्नेछ । जसमा प्रथमले ९ हजार बरावर खसी, द्वितियले ५ हजार र तृतियले ३ हजार प्राप्त गर्नेछन् । टिम दर्ता निशुल्क गरिएको थियो ।
