> समाज > प्यूठानमा कोरोनाबाट निको हुनेको संख्या २५ पुग्यो


प्यूठानमा कोरोनाबाट निको हुनेको संख्या २५ पुग्यो

प्यूठान, १५ असार । प्यूठानमा कोरोनाबाट निको हुनेको संख्या २५ पुगेको छ ।

आज सोमवार थप २३ जना कोरोना निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनिहरुलाइ आइसोलेसनमा राखिएको थियो । पुन स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाइ आज घर पठाइएको हो । निको हुनेमा नौवहिनि गाउँपालिकाका १७ जना, माण्डवी गाउँपालिकाका ३ जना, गौमुखी गाउँपालिकाका २ र प्यूठान नगरपालिकाका १ जना रहेका छन् ।

यसअघि माण्डवी गाउँपालिकाका १ जना र सरुमारानी गाउँपालिकाका १ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *