> राजनीति > एमालेको जनमतसंग सत्ता गठबन्धन डराईराछ : एमाले नेता नेम्वाङ


एमालेको जनमतसंग सत्ता गठबन्धन डराईराछ : एमाले नेता नेम्वाङ

प्यूठान । नेकपा (एमाले ) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन एमालेसंग डराईरहेको बताउनुभएको छ । नेकपा एमालेको जनमत र जनाधार देखेर सत्ता गठबन्धन डराएको उहाँको भनाई छ ।

 

नेकपा एमाले प्यूठानको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेम्वाङले एमालेको अहिलेको जनमतलाई थप बलियो बनाउदै आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने दावी गर्नुभयो । स्थानीय तहमा भएका कमि कमजोरी सच्याउदै एक ढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

बामपन्थीको पकड भएको जिल्ला आउन पाएकोमा खुशी व्यक्त गर्दै उहाँले त्यसमा पनि एमालेको वर्चस्व रहेको भन्दै नेता कार्यकर्ताको प्रशंसा गर्नुभयो । जिल्लाका अरु बामपंथी पार्टीका नेतासँग भेट्ने इक्ष्या भने यो पटक पूरा नभएको उहाँको भनाई छ ।

प्रशिक्षणमा एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले आगामी चुनाबमा एमाले थप शसक्त पार्टी बन्ने बताउनुभयो । उहाँले गठबन्धनबाट जो सुकै उठेपनी एमालेलाई फरक नपर्ने बताउनुभयो ।


एमाले जनतामाझ एजेन्डा सहित जाने भन्दै उहाँले त्यसका लागि सबै पार्टी पंक्ति सक्रिय बनेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला आचार्य, केन्द्रीय अनुशासन आयोगका सदस्य झबेन्द्र जिसी, केन्द्रीय सल्लाहकार परिषद सदस्य हिरा बहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धन बहादुर रायमाझीले प्रशिक्षण दिनुभएको थियो ।

एमाले अध्यक्ष विजयबिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष झग बहादुर बिश्वकर्मा र संचालन सचिब माधव पौडेलले गर्नुभएको थियो ।

होटल आयुष्मा जुम्रीमा भएको कार्यक्रममा सहभागी हलमा नअटेपछी बाहिर बसेर भाषण सुनेका थिए । प्रशिक्षण कार्यक्रम पालिका, वडा हुँदै टोलसम्म लैजाने एमाले प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *