प्यूठान । आर्थिक वर्ष २०७८/०७९ मा प्युठान जिल्ला अदालतले ७९.४० प्रतिशत मुद्धा फैसला गरेको छ । ६०२ मुद्धा मध्ये ४७८ मुद्धा एक वर्षमा फैसला भएको अदालतका सूचना अधिकारी तुल बहादुर गुरुङले जानकारी दिनुभयो ।
अदालतले ४० वटा मुद्धा मेलमिलापबाट मिलाएको छ । एक सय दुई वटा मुद्धा मेलमिलापमा पठाएकोमा ४० वटा फैसला भएको गुरुङले बताउनुभयो । अदालतमा अहिले एक वर्ष बढी समय कटेका मुद्धा छैनन ।
२४७ वटा सम्वन्ध विच्छेदको मुद्धामा २१६ फैसला भएको छ । जवरजस्ती करणी सम्वन्धी ४० वटा मुद्धामा ३२ वटा फैसला भएको छ । कर्तव्य ज्यान ११ वटा मुद्धा दर्ता भएकोमा ९ वटा फैसला भएको छ ।
अदालतले ८८२ वर्ष १ महिना २२ दिन कैद सजाय असुल गर्न बाँकी छ । आर्थिक वर्ष २०७८/०७९ मा ३७९ वर्ष ३ महिना ६ दिन कैद सजाय असुल गरेको अदातलको तथ्याङ्क छ ।
त्यसैगरि, जरिवाना ८५ लाख ७६ हजार ६१८ रुपिँया ७४ पैसा असुल गर्न बाँकी छ । गत वर्ष ३२ लाख १८ हजार आठ सय रुपियाँ जरिवाना असुल गरेको सूचना अधिकारी गुरुङले जानकारी दिनुभयो ।
