दाङ, १३ बैशाख ।
डिभिजन बन कार्यालय दाङको टोलिले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको शनिबार दिउँसो उद्दार गरेको छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकेैबाट लोपउन्मुख पंक्षी हुचीलको बच्चा र घाईते ओतको उद्धार गरेको हो । उद्दारपछी आवश्यक व्यवस्थापन एवं औषधि उपचारका लागि डिभिजन वन कार्यालयमा ल्याएको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
शिकारीले गुलेली प्रयोग गरि हानेको ढुङ्गा टाउकोमा लागेपछि आत्तियर ओत र हुचिलको बच्चा वस्ति नजिक आएको थियो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्दका अध्यक्ष डिल्ली बहादुर रावतको सकृयतामा स्थानियहरू समेतको सहयोग लिई उद्धार गरिएको थियो ।
