राजनीतिराष्ट्रिय

संघीय संरचनाबाट प्रदेश तह हटाउन प्रस्ताव

सांसद दुर्गा पौडेलद्धारा संसोधन दर्ता

काठमाण्डौ, २८ फागुन ।
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबाट प्रदेशका सबै प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता भएको छ । राष्टिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रस्तावित विधेयकबाट प्रदेशका सबै प्रावधान हटाएर संघ र स्थानीय तहलाई मात्र समेट्न संशोधन दर्ता गराउनुभएको हो ।
विधेयकको नाम नै संशोधन गर्नुपर्ने उहाँको प्रस्ताव छ । सरकारद्वारा प्रस्तावित नामलाई संसोधन गरी ‘यस ऐनको नाम केन्द्र र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन ऐन २०७६’ राख्नुपर्ने उहाँको प्रस्ताव छ । उहाँले विधेयकका २७ वटा दफामा संशोधन दर्ता गराउनुभएको छ । प्रदेशसँग सम्बन्धित सबै प्रावधान र संघीय, संघीयता लगायत शब्द हटाउनुपर्ने उहाँको माग छ । जनमोर्चाको सिद्धान्तबमोजिम संघीयता खारेजीको माग राख्दै आफूले संशोधन प्रस्ताव दर्ता गरेको सांसद पौडेलले बताउनुभयो ।
सांसद पौडेल प्यूठानबाट निर्वाचित हुनुभएको हो । जनमोर्चा, माओवादी र एमालेको समिकरणबाट पौडेल विजयी हुनुभएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close