प्यूठान, २० चैत्र ।
नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् ।
दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो । केहिवेर अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जानकारी दिनुभएको हो । यो गरी संक्रमितको संख्या ६ पुगेको छ ।
छैठौं संक्रमित पनि चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएको बताईएको छ । जुन जहाजमा दोश्रो संक्रमित आएकी थिइन् ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् ।
तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
संक्रमित ५ जनालाई आइसोलेसनमा राखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १ हजार १८४ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा १ हजार १७८ मा संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा उल्लेख छ ।
