प्युठान । सरूमारानी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।२० लाख १० हजार ५० रूपियाँमा एम्बुलेन्स खरिद गरेकाे गाउँपालिकाका प्रबक्ता चिन्त सोमै मगरले जानकारी दिनुभयो ।
उक्त एम्बुलेन्स सोमबार ढुङ्गेगढी स्वास्थ चौकी जस्पुरलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले ढुङ्गेगढी स्वास्थ चौकी जस्पुर व्यवस्थापन समितिका अध्यक्ष तथा ५ नं. वडा अध्यक्ष लक्ष्मी पल्ली मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरका प्रमुख विनाेद खडकालाई सवारी साधन हस्तान्तरण फारम हस्तान्तरण गर्नुभएको थियो ।
