प्यूठान -नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।
मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले मृतक व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भएको हो ।
बाराको कलैया उपमहानगरपालिका ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि जेष्ठ २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो तर रिपोर्ट आउनु अघि नै उहाँको मृत्यु भएको गएको थियो ।
उहाँको जेष्ठ ४ गते मृत्यु भएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको छ ।
