> राष्ट्रिय > मुक्ति माबिमा विद्यार्थीमाथी कुटपिट, ४ जना घाइते एक जनाको बुटवलमा उपचार हुदै


मुक्ति माबिमा विद्यार्थीमाथी कुटपिट, ४ जना घाइते एक जनाको बुटवलमा उपचार हुदै

प्युठान । प्युठान नगरपालिका-३ स्थित मुक्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ४ जना बिद्यार्थीमाथी कुटपिट भएको छ । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई सोही विद्यालयका गार्डले कुटपिट गरेको प्रधानाध्यापक दामोदर बिष्टले जानकारी दिनुभयो ।

 

“ब्लक इटा बनाउने तालिम चलिरहेको थियो,” उहाँले भन्नुभयो, ” अपरेटरसंग विवाद भएछ अनि अपरेटरले गार्डलाई बोलाएपछि गार्डले लाठीले हानेका रहेछन ।” घाइतेमध्ये १ जनाको हात र एक जनाको हातको औला भाचिएको बताईएको छ । २ जनाको शरीरमा निलडाम छ । औला भाचिएको बिद्यार्थीलाई बुटवल लगिएको हो ।

 

गार्डलाई पहिले पनि विद्यार्थी नपिट्न भन्दै आएको प्रधानाध्यापक बिष्टले बताउनुभयो । बुधबार दिउँसो साढे ३ बजेतिर घटना भएको थियो । आज बैठक बसेर घटनाको बिषयमा छलफल हुने प्रधानाध्यापक बिष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *