साहित्य सृजना

गजल !

सुरेश कुमार पाण्डे
आफ्नो देशलाई नाङ्गेझार पारेर पनि ढुक्क छन,
गरिबीको रेखा बाटनै तल झारेर पनि ढुक्क छन।

नौलो जनवादी क्रान्तिको बहानामा देशभरी का,
युवाहरुलाई मोतकै घाट उतारेर पनि ढुक्क छन।

कहिले जातिको नाम मा कहिले धर्मको नाम मा,
जनतालाई एक आर्का सँग नारेर पनि ढुक्क छन।

कतै नभयको शहिदको खेति हाम्रै देशमा गरेकैहो,
गरिबका छोराहरु सत्रहजार मारेर पनि ढुक्क छन।

कैहिलैई गुलाम नभयको हाम्रो एक मात्र देशलाइ,
उपनेबेशिकको संघार सम्म सारेर पनि ढुक्क छन।

थियो दुई तिहाईको सरकार मारा मारगरे आपसमै,
अनि जिति सकेको बाझि नै हारेर पनि ढुक्क छन।

हरियो बन नेपालको धन अनि पानीको खानि थ्यो,
बिदेशको दलालिगर्न त्यो निखारेर पनि ढूक्क छन।

Related Articles

Back to top button